तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन « Khabarhub

तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

“सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।”

यो प्रेरक भनाई हो अलिबाबाका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ?

१. सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।
२. जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।

३. संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।

४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।

५. आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।

६. तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।

७. तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन ?

८. कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।

९. हार मान्नुभएन भने तपाईंसामु अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । आफैँप्रति गुनासो गर्न पनि छाड्नुहुन्न ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००