ओलीको विकल्प खोज्नु बिजुलीको सट्टा अगुल्टो खोज्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ « Khabarhub

ओलीको विकल्प खोज्नु बिजुलीको सट्टा अगुल्टो खोज्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नु जस्तै भएको बताएका छन् ।

उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेंसी–शेरा कालोपत्र सडकको बेंसीशहर नगरपालिका–११ चितीमा मंगलवार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिस्ट पार्टी निर्माणको अभियानमा २ अध्यक्षको महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।

नेकपा स्थायी कमिटीका सदस्य समेत रहेका गुरुङले भने, ‘यो सरकारलाई जनताले ५ वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।’

मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको २ अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।

गुरुङले भने, ‘यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन ।’ नेता गुरुङले अध्यक्ष बन्न मन लागे ४ महिना पर्खने धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए ।

‘जनताको जनादेश ५ वर्षका लागि स्थायी सरकार हो । सरकारले हालसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार ५ वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ,’ उनले भने ।

पार्टी एकतालाई जोगाउन २ अध्यक्ष ओली र प्रचण्डको महत्त्वपूर्ण योगदान रहने भए पनि नेतृत्व गर्छु भन्ने अरु नेता खिया लागिसकेकाले उनीहरूतिर फर्केर समस्याको समाधान नहुने उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भने, ‘प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठ्ने बताउनुभएको छ । यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतिमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन लागिसक्नुभयो ।’

मुख्यमन्त्री गुरुङले मंसिर २८ गते हुने स्थायी कमिटीको बैठकले पार्टी एकतालाई कायम राख्नुपर्ने बताए । दोस्रो र तेस्रो पुस्ताको नेतासँग त्यो क्षमता भएकाले स्थायी कमिटीले पार्टी एकताको मर्म र स्थायी सरकारको मर्मलाई बुझेर निर्णय गर्नसक्ने उनको भनाइ थियो । उनले अहिले राजतन्त्रको पक्षमा उठिरहेको आवाजको कुनै तुक नरहेको उल्लेख गर्दै भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र नभई अझै उन्नत खालको गणतन्त्र हो ।’

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : १५ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको