मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर « Khabarhub

मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर



क्वालालम्पुर– मलेसिया सरकारले अबैधानिक रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेको छ ।

यस कार्यक्रम अन्तर्गत दुई वटा अवसर रहेको जनाउदै मलेसियास्थित नेपाली दूतावासले पहिलो मलेसियामै वैधानिक रुपले काम गर्ने प्रक्रिया गर्ने र दोश्रो सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने रहेको जनाएको छ ।

मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको लागि एक भिडियो सन्देश जारी गर्दै दूतावासले मलेसिया सरकारले दिएको समय सिमाभित्र स्वदेश फर्किन वा बैधानिक तरवरले मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ ।

सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभागमा गई पाँच सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूतावासले जनाएको छ ।

यसका लागि राहदानी वा ट्राभल डकुमेन्ट र नेपाल फर्किने टिकट हुनु पर्नेछ । यस अनुसार नेपाल फर्कनको लागि त्यहाँको अध्यागमन बिभागबाट चेक आउट मेमो लिनु पर्नेछ ।

सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम समय लिनुपर्नेछ । अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु गर्न सकिने दूतावासले जनाएको छ ।

प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ । मलेसियाले ल्याएको यो कार्यक्रमबाट त्यहाँ अवैध रुपमा बसिरहेका हजारौं नेपाली लाभान्वित हुनेछन । मलेसिया यसघि २०१९ मा पनि ब्याक फर गुड भन्ने कार्यक्रम ल्याएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ३६ बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले