२४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, १४ को मृत्यु « Khabarhub

२४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, १४ को मृत्यु


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ थियो ।

पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३० हजार ५३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : २५ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा