आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु « Khabarhub

आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अस्पताल पुर्‍याउँदा उहाँलाई मृत घोषणा गरिएको थियो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् ।

उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ५२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका