आज लाग्दैछ चन्द्रग्रहण, तपाईंको राशिमा पर्नेछ यस्तो प्रभाव | Khabarhub Khabarhub

आज लाग्दैछ चन्द्रग्रहण, तपाईंको राशिमा पर्नेछ यस्तो प्रभाव


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो वर्षको पहिलो चन्द्र ग्रहण शुक्रवार(आज) लाग्दैछ । यो चन्द्र ग्रहण मिथुन राशि र पुनर्वसु नक्षत्रमा लाग्ने छ ।

राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो ग्रहण नाङ्गो आँखाले भने देख्न सकिँदैन ।

चन्द्र ग्रहणले हाम्रो मन मस्तिष्कमा निकै प्रभाव पार्नेछ ।

ग्रहणको प्रभाव एक पक्षसम्म अर्थात १५ दिन सम्म रहने धार्मिक मान्यता रहेको छ ।

चन्द्रमा जलको कारक भएका कारण यस समयमा पृथ्वीमा जलीय समस्या या भूकम्प जाने सम्भावना पनि रहने धार्मिक मान्यता रहेको छ ।

राशि अनुसारको कुरा गर्ने हो भने चन्द्र ग्रहणको प्रभाव या दुष्प्रभाव अवश्य रहन्छ ।

मेष

मेष राशिका लागि तृतीय भावमा चन्द्र ग्रहणले मित्र तथा साना भाइ वहिनीको समबन्धलाई नराम्रो बनाउन सक्छ । यसका लागि गायत्री मन्त्र १०८ पटक जप गर्ने तथा भगवान शिवको नाम जप गर्नु फाइदजनक हुन्छ ।

वृष

यो राशिको दोस्रो भावमा चन्द्र ग्रहण धन कुटुम्ब सम्बन्धित वादविवाद गराउने सम्भावना रहन्छ । यसका कारण सफा चिजको दान गर्नुस् । जस्तै सेतो कपडा वा चामल ।

मिथुन
यस पटक चन्द्र ग्रहण मिथुन राशिमा पनि लाग्दैछ । यो चन्द्रग्रहण स्वास्थयलाई लिएर समस्या बन्न सक्छ । यसकारण दुधले रुद्राभिषेक अवश्य गराउँनु होला ।

कर्कट

कर्कट राशिमा १२ औं घरमा चन्द्र ग्रहण भएका कारण स्वास्थयमा नराम्रो असर पर्न सक्छ । मन अशान्त रहनेछ । यसकारण चन्द्रमाको मन्त्र जप गर्नु फाइदाजनक हुन्छ । ओम् सोम सोमाय नम ः मन्त्रको जप गर्दा फाइदा पुग्छ ।

सिंह

सिंह राशिको ११ औं घरमा चन्द्र ग्रहण भएका कारण यो राशिका मानिसलाई धन लाभ धेरै हुन सक्छ । खर्चलाई रोक्नका लागि औषधिको दान गर्दा फाइदा पुग्छ ।

कन्या

यो राशिमा १० औं घरमा चन्द्र ग्रहण हुने कारण काममा रोकावट आउन सक्छ । यो दिन शिवलिंगमा अभिषेक गर्दा फाइदा पुग्छ ।

तुला

तुला राशिको नवौं भावमा ग्रहणको प्रभाव रहन्छ । यसले तपाइको करियरमा बदलाव ल्याउन सक्छ । सेतो पदार्थको दान र चन्द्रमाको जपले फाइदा पुग्छ भने आमालाई मन पर्ने चीज उपहार दिँदा फाइदा पुग्छ ।

वृश्चिक

राशिको अष्टम भावमा चन्द्र ग्रहण हरेक कार्यमा गडबढी गर्नेछ । यसको कारणले आँखामा असमस्या आउन सक्छ । र भाग्यमा रुकावट आउन सक्छ । चामलको खिर शिवलिंगमा चढाउँदा फाइदा पुग्छ ।

धनु

धनु राशिको सप्तम भावमा यो चन्द्र ग्रहण दाम्पत्य जीवनलाई खराब बनाउँछ । यस चन्द्र ग्रहण व्यापारमा नोक्सान गराउँछ । दुर्घटनाको जोखिम पनि रहेको हुन्छ । त्यसैले ओम् नम शिवाय मन्त्र ११ माला जप गर्नुहोस् ।

मकर

मकर राशिको छैठौं भावमा यो चन्द्र ग्रहण मनमा निराशा र जीवनसाथीसँगको वादविवाद बढाउन सक्छ । जीवनसाथगीसँग मिलेर शिवलिंगको पूजा र शिवाष्टक पाठ गर्नु पर्दछ ।

कुम्भ

को राशिको पञ्चम भावमा ग्रहणको प्रभाव रहन्छ । यसले पेटको रोग र प्रेममा समस्या उत्पन्न गराउँछ । त्यसैले शिवको नाम जप र पूजा अर्चना गर्नुहोस् ।

मीन

मीन राशिको चौंथो भावमा चन्द्रग्रहणले तपाइको आमाको स्वास्थ्य खराव गर्न सक्छ । यसले तपाईको मनमा निराशा आउन सम्छ । घरको उत्तर पूर्वी दिशालाई सधै सफा राखेर शिव भगवानको उपासना गनु फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १२ : ५९ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका