शहरी ट्राफिक व्यवस्थापनमा राज्यमन्त्री मानन्धरको चासो | Khabarhub Khabarhub

शहरी ट्राफिक व्यवस्थापनमा राज्यमन्त्री मानन्धरको चासो


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी ट्राफिक व्यवस्थापनमा चासो देखाएका छन् ।

उनले काठमाडौं उपत्यकामा हुने जाम र सवारी अस्तव्यस्ततालाई व्यवस्थापन गर्न सहयाेग हुने हेतुले ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई २ वटा माइक र स्टप बोर्ड २ सय थान हस्तान्तरण गरेका छन् ।

मन्त्री मानन्धरले ट्राफिक प्रहरीलाई हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने अपेक्षा लिए ।
उनले शुरुमा सिंहदरबार र बानेश्वरमा परीक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने जानकारी दिए ।

ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ५९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना