‘देशको समृद्धिका लागि सुशासन आवश्यक’ « Khabarhub

‘देशको समृद्धिका लागि सुशासन आवश्यक’


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले समृद्ध नेपाल निर्माणका लागि सुशासन आवश्यक रहेको बताएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंले आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया पोखरेलले सुशासन, समृद्धि र दिगो शान्तिको सबैको भूमिका आवश्यक रहेको बताए ।

सबैले सरकारको भूमिकामात्र नखोजी मैले के दिन सक्छु भन्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए । देशको शान्ति सुरक्षा कायम गर्न आफूहरु जिम्मेवार रहेको भन्दै उनले यसमा सबैको सहयोग चाहिने बताए ।

समाजमा भएका सबै अपराध, भय, त्रास समाजकै सदस्यहरुबाट उत्पन्न भएको भन्दै उनले यसरी बाटो बिराएकाहरुलाई कानूनको दायरामा ल्याउन सचेत नागरिकको भूमिका हुने बताए ।

प्रहरीले जनतासँग मिलेर काम गर्न र समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै उनले यस प्रकारको कार्यक्रमले सबैलाई बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने बताए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले नेपाल प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ समाजमा घटिरहेका अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी रहेको बताए ।

उदै पहिला आफू सचेत होऔं पछि समाज अनि मात्र सम्पूर्ण राष्ट्रको बिकास संभव भएकोले नेपाल प्रहरीले सुरक्षा सुदृढिकरणको अभियानलाई अन्तरस्कन्दनले प्रशंसा र सहयोग गर्नुपर्ने समेत बताउनु भयो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै