चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर « Khabarhub

चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् ।

आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताइन ।

सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताइन । ‘जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं’, उनले भनिन्, ‘यसका लागि काम अगाडि बढाइएका छन् ।’

यसैबीच मन्त्री मगरले भीमदत्त नगरपालिका– ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गरेकी छन् । सो अवसरमा उनले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताइन ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ५८ बजे

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक