हङकङमा चार दिनदेखि पानीजहाजमा बन्धक बनेका ३६ सय यात्रु कोरोनाको परिक्षणपछि मुक्त | Khabarhub Khabarhub

हङकङमा चार दिनदेखि पानीजहाजमा बन्धक बनेका ३६ सय यात्रु कोरोनाको परिक्षणपछि मुक्त


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण  वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।

यो सङ्ख्या यसअघि स्वासप्रश्वासमै समस्या देखिने सार्सले मारेको मानिसहरूको भन्दा बढी हो।

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको मृत्यु भएको थियो।

कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै सात सय ८० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ।

विश्वभर संक्रमित हुनेको सङ्ख्या ३४ हजार ८ सय भन्दा बढी पुगेको छ ।

कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू अझै काममा फर्कन सकेका छैनन् ।

आवतजावतमा प्रतिबन्ध कायमै गरिएकाले उनिहरु घरमै बस्न बाध्य छन ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ५९ बजे

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी