सेती नदीको खोँचमा फसेका गुरुङको सकुशल उद्दार « Khabarhub

सेती नदीको खोँचमा फसेका गुरुङको सकुशल उद्दार


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले पोखराको सेती नदीको खोँचमा फसेका एक जनाको सकुशल उद्दार गरेको छ ।

पोखरा महानगरपालिका वडा–९ पार्वती टोलमा बस्दै आएका २३ वर्षीय आकाश गुरुङको प्रहरीले सकुशल उद्दार गरेको हो ।

सेती नदीको खोँचमा फसेको कुकुरलाई बचाउन गरेका उनी खोँचमै अड्किएका थिए । उनलाई खोँचमा अड्किएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सूचना पाउनासाथ गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको उद्दार टोली र वडा प्रहरी कार्यालय वैदाम कास्कीको टोलीले उनको उद्दार गरेको हो ।

उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ३५ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको