क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रियसभाको अवलोकन « Khabarhub

क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रियसभाको अवलोकन


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रियसभाको अवलोकन गरेको छ ।

राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गरेका थिए ।

जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रियसभा सञ्चालनको अवलोकन गरेको थियो । सोमबारको बैठकमा दलीय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए ।

राष्ट्रियसभाका सदस्यहरुले नेपाल र क्यानडाको कतिपय राजनीतिक विशेषता उस्तै प्रकारका रहेका उल्लेख गर्दै एक अर्काबाट धेरै कुरा सिक्न सकिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले नेपाल र क्यानडाको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको स्मरण गर्दै दुई देशको राजनीतिक विशेषता धेरै हदसम्म मिल्ने उल्लेख गरे । उनले क्यानडामा संवैधानिक राजतन्त्र र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि अन्य धेरै व्यवस्था एकै खालको रहेको बताए ।

दुवै देशमा दुई सदनात्मक व्यवस्था र बहुदलीय राजनीतिक प्रणालीको व्यवस्था छ । सांसद शर्माले लोकतान्त्रिक मूल्य मान्यताका अन्तरराष्ट्रिय मापदण्डलाई समेटेर नेपालको संविधान जारी भएको जानकारी गराउँदै क्यानडामा पनि लोकतान्त्रिक मूल्य मान्यता कायम रहेको चर्चा गरे ।

“बहुदलीय प्रतिस्पर्धा, संवैधानिक राजतन्त्र, समानता, सामाजिक न्याय, शान्ति, सुशासन र कानूनी राज्य क्यानडाको विशेषता हो, नेपाल गणतन्त्रात्मकमुलुक भए पनि राजनीतिक विशेषता र मौलिकता दुबै देशमा समान छ”, शर्माले भने ।

उनले राष्ट्रियसभामा ३७ प्रतिशत महिलाको सहभागिता रहेको उल्लेख गर्दै नेपालले सङ्घीयतालाई आफ्नो मौलिक विशेषता अनुसार लागू गरेको जानकारी गराए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : ३३ बजे

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच