नेप्से ४.२८ अंकले बृद्धि « Khabarhub

नेप्से ४.२८ अंकले बृद्धि


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४.२८ अंकले बढेर १३२४.२६ अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत बढेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स पनि बढेर २८१.६२ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा १७५ कम्पनीको ९३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ घटी हो ।

अघिल्लो दिन आईतबारको बजारमा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४४ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८१ रुपैयाँ पुगेको छ । कारोबारमा आएका १२ समूह मध्ये ४ वटा समूह राताम्मे भएका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

निर्जीवन बीमा समूह सबैभन्दा बढी ७२ अंकले उकालो लागेको छ भने हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ५.२१ अंकले घटेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : ५४ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा