नेप्से ४.२८ अंकले बृद्धि « Khabarhub

नेप्से ४.२८ अंकले बृद्धि


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४.२८ अंकले बढेर १३२४.२६ अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत बढेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स पनि बढेर २८१.६२ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा १७५ कम्पनीको ९३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ घटी हो ।

अघिल्लो दिन आईतबारको बजारमा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४४ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८१ रुपैयाँ पुगेको छ । कारोबारमा आएका १२ समूह मध्ये ४ वटा समूह राताम्मे भएका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

निर्जीवन बीमा समूह सबैभन्दा बढी ७२ अंकले उकालो लागेको छ भने हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ५.२१ अंकले घटेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : ५४ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय