क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न चाँगुनारायण नगरपालिकाको आग्रह (पत्रसहित) « Khabarhub

क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न चाँगुनारायण नगरपालिकाको आग्रह (पत्रसहित)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाले चीनबाट फर्काइने नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने निर्णयबारे पुनर्विचार गर्न सरकारसँग अनुरोध गरेको छ ।

चीनमा रहेका नेपाली वद्यार्थीलाई नेपाल फर्काइ क्वारेन्टाइनमा राख्ने सम्बन्धमा निर्णय एवं धारणा सार्वजनिक गर्दै नगरपालिकाले प्राधिकरण तालिम केन्द्रको उपयुक्त विकल्प खोज्न आग्रह गरेको हो ।

नगरपालिकाको छैटौँ नगरसभाले क्वारेन्टाइनका लागि खरिपाटी उपयुक्त नहुने तथा बीच बस्तीमा चीनबाट ल्याइने नेपालीलाई राख्दा संक्रमणको जोखिम बढ्ने मनोवैज्ञानिक त्रास स्थानीयमा उब्जिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाका अनुसार नगरपालिकाको क्षेत्रभित्र निर्धारित स्थानमा क्वारेन्टाइन राख्नै पर्ने अवस्था आइपरे आम नगरवासीको स्वास्थ्यको सुरक्षाको पूर्ण प्रत्याभूति तथा पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने निर्णय पनि गरिएको छ ।

नगरपालिकाको निर्णय यस्तो छ

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : १७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।