‘ए मेरो हजुर’ टोलीले सुटिङ स्थलमै मनायो होली (फोटो फिचर) « Khabarhub

‘ए मेरो हजुर’ टोलीले सुटिङ स्थलमै मनायो होली (फोटो फिचर)


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको त्रासले यो वर्षको होलीको खासै उल्लासमय बनेन । हरेक वर्ष कलाकारहरूले विभिन्न कार्यक्रम गरी होली मनाउने गरेको भए पनि यो वर्ष भने उनीहरु घर परिवारमा मात्रै सीमित बने ।

तर, केही कलाकारले भने सुटिङ स्थलमै होली मनाएका छन् । चलचित्र ए मेरो हजुर ४ टोलीले सुटिङ सेटमै एकआपसमा रंग दलेर होली मनाएको छ ।

झरना थापा निर्देशित ए मेरो हजुर ४ को छायाङ्कन जारी रहेका कारण उनीहरुले होली सुटिङ स्थलमै मनाएका हुन् । अनमोल केसी र सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारहरूले होलीको मज्जा सुटिङ स्थलमै लिए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै होली रमझम बन्न नसकेको हो । जोखिम नियन्त्रणका लागि गृहमन्त्रालयले भीडभाड नगर्न आग्रह समेत गरेको थियो भने चिकित्सकहरुले चिसो पानी र रङ्गमा नखेल्ने सुझाव दिएका थिए ।

कोरोनाकै कारण नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै हाल छायाङ्कन भइरहेको चलचित्रहरूको सुटिङ रोक्न निर्देशन समेत दिइसकेको छ भने प्रदर्शनको तयारीमा रहेका केही नेपाली चलचित्रको प्रदर्शन मिति  समेत सारिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : ४३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट