बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस ! « Khabarhub

बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ ।

केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् ।

त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो । पारसनिकट स्रोतका अनुसार उनलाई पार्किन्सन्स भएको हो । पार्किन्सन्सबाट पीडित बनेका पारसले सोनिकासँगको उठबसलाई भने रोक्न सकेका छैनन् ।

युटुबर सोनिकाले सिनामंगलमा खोलेको फोनिक्स पार्लरको उद्घाटनमा उनी पुगेका हुन् । पारस अस्वस्थताका बावजुत पनि उनी फूलका बुकी बोकेर बधाई दिन कार्यक्रमस्थलमा पुगेका थिए । पारसले त्याहाँ कालो चिया समेत खाएका थिए ।

उक्त पार्लरमा उनले आफ्नो कपाल धुँदै सबैलाई धन्यवाद समेत दिए । केहीले त्यहाँ पारससँग सेल्फी समेत खिचेका थिए ।

पारिवारबाट टाढा भएर बाहिर बस्दै आएका उनी युट्युबर सोनिका रोकासँगको सम्बन्धले चर्चा भन्दा बढी आलोचना खेप्दै आएका छन् । सामाजिक सञ्जालमा उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गरेको छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् ।

केही दिन अघि पारसले सोनिकाको जन्मदिन मनाएको विषयले समेत चर्चा पाएको थियो । जन्मदिनको उनले सोनिकालाई हिराको हार उपहार दिएको सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : २४ बजे

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु