बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस ! « Khabarhub

बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ ।

केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् ।

त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो । पारसनिकट स्रोतका अनुसार उनलाई पार्किन्सन्स भएको हो । पार्किन्सन्सबाट पीडित बनेका पारसले सोनिकासँगको उठबसलाई भने रोक्न सकेका छैनन् ।

युटुबर सोनिकाले सिनामंगलमा खोलेको फोनिक्स पार्लरको उद्घाटनमा उनी पुगेका हुन् । पारस अस्वस्थताका बावजुत पनि उनी फूलका बुकी बोकेर बधाई दिन कार्यक्रमस्थलमा पुगेका थिए । पारसले त्याहाँ कालो चिया समेत खाएका थिए ।

उक्त पार्लरमा उनले आफ्नो कपाल धुँदै सबैलाई धन्यवाद समेत दिए । केहीले त्यहाँ पारससँग सेल्फी समेत खिचेका थिए ।

पारिवारबाट टाढा भएर बाहिर बस्दै आएका उनी युट्युबर सोनिका रोकासँगको सम्बन्धले चर्चा भन्दा बढी आलोचना खेप्दै आएका छन् । सामाजिक सञ्जालमा उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गरेको छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् ।

केही दिन अघि पारसले सोनिकाको जन्मदिन मनाएको विषयले समेत चर्चा पाएको थियो । जन्मदिनको उनले सोनिकालाई हिराको हार उपहार दिएको सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : २४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको