आज तराईमा होली, नेपाल बाहेकका १० देश यसरी मनाइन्छ होली (फोटोफिचर) | Khabarhub Khabarhub

आज तराईमा होली, नेपाल बाहेकका १० देश यसरी मनाइन्छ होली (फोटोफिचर)


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ ।

तराईका जिल्लाहरुमा आज रंग/अवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

अन्य देशहरूमा होलीमा रौनक

अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नाममा मनाइन्छ । अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशमा समेत होली आ–आफ्नै तरीकाले मनाइन्छ ।

भारत
भारतमा होली वा फगुवाका नाममा यो पर्व मनाउने गरीन्छ । भारतको गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाब, मध्य प्रदेश र तमिलनाडुमा होलीको विशेष उल्लास रहने गरेको छ । बिहारको भोजपुरी शैलीको होली र जोगिरा गायन पूरा एसियामा लोकप्रिय छ ।

पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मान्नेहरुले होली मनाउने गर्दछन् । पाकिस्तानमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्दै मन्दिरहरूमा भेला भएर होली मनाउने गरीन्छ ।

बङ्गलादेश
बहुसांस्कृतिक मुलुक बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँने गर्दछन् । मन्दिरमा जम्मा भएका हिन्दुहरुले उल्लासका साथ होली खेल्ने गर्दछन् । बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव रहदै आएको छ ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने गरीन्छ । यहाँ पानी, रङ र गीत संगीतका बीचमा होली मनाउने चलन छ । तर यहाँ भगवान् शिवको नाममा होली मनाइन्छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ ।

बेलायत
बेलायतमा बसोबास गर्ने अन्य मुलुकका नागरिकहरुले आ–आफ्नै किसिमले होली मनाउने गर्दछन् । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर तथा कतिपय ठाउँमा टिकट बेचेर पनि होली मनाउने चलन पनि छ । भारतीय तथा नेपाली नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा सांगीतिक कार्यक्रम गरेर धूमधामका साथ होली मनाउने चलन छ ।

मौरिसस
भारतीय मूलका नागरिकको वर्चश्व रहेको अफ्रिकी महादेशको मौरिससमा होलीका दिन सार्वजनिक बिदा नै दिइन्छ । यहाँ होलिका दहन गरेरै होली मनाउने गरीन्छ । विशेषतः हिन्दुहरुले एक आपसमा रंग सहित मिठाई बाँडेर होली खेल्ने गर्दछन् ।

फिजी
फिजीमा पनि होली पर्व मनाउने गरीन्छ । विशेष रुपमा राधा र श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर यस मुलुकमा होली मनाउने गरीन्छ । यहाँ होलीका दिनमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाएर यो पर्व मनाइन्छ ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा पनि गीत गाउर्दै, नाच्दै होली पर्व मनाइन्छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा साथीभाइहरू जमघट भएर यो पर्व मनाइन्छ । दक्षिण अफ्रिकामा होलीका दिन दिनभर रंग लगाउने र साँझपख मिठाई तथा चकलेटहरू बाँडेर यो पर्व मनाउने गरीन्छ ।

सुरिनाम
करिब ४० प्रतिशत हिन्दू रहेको मुलुक सुरिनाममा होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने गरीन्छ ।

अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइन्छ । भेटघाट एवं खानपिन अमेरिकी होलीको महत्वपुर्ण पक्ष हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : २२ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र