झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जना पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–३ मावाखोलामा १ थान पेस्तोल, त्यसमा लाग्ने गोली १ राउण्ड र २ वटा खोकासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका ४४ वर्षीय मेघराज गौतम छन् ।

इलाका प्रहरी कार्यालय दमबाट खटिएको प्रहरी टोलीले गौतमलाई हतियारसहित पक्राउ गरेको हो ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–६ घरमपुरका कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ३ राउण्डसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको धनकौल गाउँपालिका–६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम छन् ।

भारतीय नम्बरप्लेट बीआर–३०–यु ८३८२ को मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थानसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : २२ बजे

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार

आज गीता जयन्ती मनाइँदै

काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण