चिनियाँ राष्ट्रपतिद्वारा वुहान शहरको भ्रमण « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा वुहान शहरको भ्रमण


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरको पहिलो पटक भ्रमण गरेका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको एवं संक्रमितको संख्या घट्दै जान थालेका बेला चिनियाँ राष्ट्रपतिले वुहान शहरको भ्रमण गरेका हुन् । भ्रमणका बेला राष्ट्रपति सीले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद एवं बधाई दिइने चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

कोरोनाको प्रकोप उत्कर्षमा रहेका बेला भाइरसका संक्रमण आफूमा पनि पर्ने भयका कारण उनले यसअघि त्यस शहरको भ्रमण गरेका थिएनन् ।

यसअघि कोरोना भाइरसको प्रकोप उत्कर्षमा रहेका बेला चीनको कम्युनिष्ट सरकारले यसको नियन्त्रण एवं रोकथामका लागि चालेका कदमको विश्वभर आलोचना भएको थियो । त्यसबाहेक चीन सरकारले मृतक एवं संक्रमितको तथ्यांकमा पारदर्शीता नअपनाएको आरोप पनि लाग्ने गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका