चिनियाँ राष्ट्रपतिद्वारा वुहान शहरको भ्रमण « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा वुहान शहरको भ्रमण


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरको पहिलो पटक भ्रमण गरेका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको एवं संक्रमितको संख्या घट्दै जान थालेका बेला चिनियाँ राष्ट्रपतिले वुहान शहरको भ्रमण गरेका हुन् । भ्रमणका बेला राष्ट्रपति सीले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद एवं बधाई दिइने चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

कोरोनाको प्रकोप उत्कर्षमा रहेका बेला भाइरसका संक्रमण आफूमा पनि पर्ने भयका कारण उनले यसअघि त्यस शहरको भ्रमण गरेका थिएनन् ।

यसअघि कोरोना भाइरसको प्रकोप उत्कर्षमा रहेका बेला चीनको कम्युनिष्ट सरकारले यसको नियन्त्रण एवं रोकथामका लागि चालेका कदमको विश्वभर आलोचना भएको थियो । त्यसबाहेक चीन सरकारले मृतक एवं संक्रमितको तथ्यांकमा पारदर्शीता नअपनाएको आरोप पनि लाग्ने गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : १९ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर