दुनियाँको भविष्य बताइदिने ज्योतिष आफैं खाडलमा ? « Khabarhub

दुनियाँको भविष्य बताइदिने ज्योतिष आफैं खाडलमा ?


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा गाउँमा एकजना ज्योतिष बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे ।

उनी जहिल्यै तारातिर मात्र हेरिरहन्थे । जब आकाशमा ताराहरू देखिन थाल्थे, तब उनी जहिल्यै हतारिँदै घरबाट बाहिर निस्कन्थे । उनी कहिलेकाहीँ त रातमा गाउँलेलाई चौरमा भेला गराएर उनीहरूको भविष्य फटाफट बताउन थाल्थे ।

कतिपय गाउँले उनको भविष्यवाणीमा विश्वास गर्थे भने कतिपयले चाहिँ पटक्कै विश्वास गर्दैनथे ।

एक साँझ खानपिनपछि ज्योतिष आफू सुत्ने कोठाको झ्यालबाट आकाशतिर हेर्दै थिए । उनी आकाशका तारा देखेर दंग परिरहेका थिए । मनमनै सोच्दै पनि थिए— आहा ! कति सुन्दर तारा ! यी तारा हेरेर म कति सजिलै मानिसको भविष्य बताइदिन सक्छु ।

गम्भीर सोचमा डुबेका ज्योतिषले अचानक आकाशबाट एउटा तारा झरिरहेको देखे । झर्दै गरेको तारा देखेपछि उनी गाउँलेलाई बोलाउँदै घरबाहिर कुदे ।

आकाशबाट झर्दै गरेको तारा हेरेर कुदिरहेका ज्योतिष बाटोमा पर्ने छिमेकीको बारीबाटै चौरतिर लागे । तर, अचानक उनी छिमेकीले चर्पी बनाउन खनेको खाडलमा खसे । खाडल निकै गहिरो थियो । उनी बाहिर आउन सकेनन् । गाउँलेले डोरी खसालेर मुस्किलले तानिदिनुपर्‍यो ।

ज्योतिष खाडलमा खसेको थाहा पाएर त्यहाँ आइपुगेका गाउँलेहरू खासखुस गर्न थाले— दुनियाँको भविष्य बताइदिने धक्कु लगाउने पण्डित बाजेलाई आफ्नै वर्तमान त थाहा रहेनछ, यस्ताले अरूको भविष्य के बताउलान् !

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको