कोरोना भाइरस– ट्रम्पको स्वास्थ्य परीक्षण नगरिएको ह्वाइट हाउसको भनाइ « Khabarhub

कोरोना भाइरस– ट्रम्पको स्वास्थ्य परीक्षण नगरिएको ह्वाइट हाउसको भनाइ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– विश्वभर कोरोना भाइरसका कारण विश्वका ११० मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ ।

यसका कारण ४ हजारभन्दा धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ । अमेरिकामा सोमबार थप चार जनाको ज्यान गएसँगै त्यहाँ मृतकको संख्या २६ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कामहरु भइरहेका बेला ह्वाइट हाउसले भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारोना भाइरसको परीक्षण नै नगराइएको जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको परीक्षण नगराइएको जनाएकी हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाको कुनै लक्षण नदेखाएको र संक्रमण पुष्टि भएका कसैसँग भेट नै नगरेका कारण उनको स्वास्थ्य परीक्षण गर्नु नपरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ट्रम्पसँग भेट गरेका दुई जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो ।

विज्ञप्तिमा ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको र उनलाई चिकित्सकहरुले नियमित परामर्श दिइरहेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ३४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा