नेपाल एयरलाइन्सद्वारा कतार उडान स्थगित | Khabarhub Khabarhub

नेपाल एयरलाइन्सद्वारा कतार उडान स्थगित


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो ।

नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको थियो । हालका लागि भने आज (मंगलबार)देखि अर्को व्यवस्था नभएसम्मका लागि उडान स्थगित गर्ने निर्णय गरिएको निगमले जानकारी दिएको छ ।

निगमले २६ फागुन २०७६ र त्यसभन्दा पछिका उडानका लागि टिकट काटेका यात्रुको पूरै रकम फिर्ता गर्ने भएको छ ।

यसअघि दोहामा उडान भर्दै आएको अर्को नेपाली कम्पनी हिमालय एयरलाइन्सले पनि आफ्नो उडान स्थगित गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ३६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले