ट्यालेन्ट हन्टबाट ललितपुर पेट्रियट्सले छान्यो २ खेलाडी « Khabarhub

ट्यालेन्ट हन्टबाट ललितपुर पेट्रियट्सले छान्यो २ खेलाडी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीम ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट छनोट भएका दुई खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरले सार्वजनिक गरेको नयाँ नाममा एरियो पौडेल र विबत्सु थापा रहेका छन् ।

ट्यालेन्ट हन्टमार्फत ललितपुरमा आवद्ध भएका दुवै खेलाडी बाँया हाते स्पिनर हुन् । ललितपुरले गएको शुक्रबार ललितपुरको इमाडोलमा ट्यालेन्ट हन्ट आयोजना गर्दै खेलाडी छनोट गरेको हो ।

ट्यालेन्ट हन्टका लागि देशभरबाट भर्ना भएका २ सय ३१ जना खेलाडी सहभागी भएका थिए । छनोट भएका उनीहरुले आधार मुल्य २५ हजारमा टोलीले दिनेछ ।

खेलाडी छनोट प्रशिक्षक राजु बस्न्यात, सूर्य तामाङ र सोनु तामाङले गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १ देखि १५ सम्म हुने तय भएको इपीएल भने तत्कालका हुने सम्भावना निकै कम छ । अर्को सुचना नआएसम्मका लागि रोकिएको प्रतियोगिता अब कोरोना भाइरसको त्रास कम नभएसम्म हुने सम्भावना छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : ०५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन