ग्यासको अभाव हुँदैन, नयाँ सिलिन्डर नबेच्नुस्- सचिव अर्याल « Khabarhub

ग्यासको अभाव हुँदैन, नयाँ सिलिन्डर नबेच्नुस्- सचिव अर्याल


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न उनले आग्रह गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कारोना भाइरसको सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्तरक्रियामा अर्यालले बजारमा हल्ला चलाइएको जस्तो ग्यासको अभाव नरहेको र अभाव सिर्जना हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न समेत आग्रह गरे ।

‘विश्वमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै नागरिकहरुमा त्रास छन् । कोरानाको त्राससँगै बजारमा उपभोग्य सामान पनि अभाव हुने होकि भन्ने पनि चिन्ता समेत बढेको छ’ सचिव अर्यालले भने, ‘बजारमा ग्यासको अभाव छैन, अभाव हुन दिदैनौं, उपभोक्ताहरुले पनि भण्डारण गर्ने गरी नयाँ सिलिण्डर नकिन्नुहोला ।’

उनले बजारमा उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले कारबाही गर्दै आएको बताए ।

हाल बजारमा विशेष गरी माक्सको मात्र अभाव रहेको बताउँदै उनले अन्य दैनिक उपभोग्य वस्तुको अभाव नरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ०३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको