भारतका नेपालीभाषीमाझ ‘हजार जुनीसम्म’ प्रदर्शन गरिने « Khabarhub

भारतका नेपालीभाषीमाझ ‘हजार जुनीसम्म’ प्रदर्शन गरिने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको लभस्टोरी फिल्म यही मार्च १३ देखि प्रदर्शन हुने जनाइएको हो ।

निर्माण टिमका अनुसार फिल्म सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन गरिने भएको छ । यस्तै दार्जिलिङको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर, सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुने टिमले जनाएको छ ।

यो क्षेत्रमा नेपालीभाषी बसोबास गर्ने गर्छन् ।

सोमबार कालिम्पुङमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइयो । पत्रकार भेटघाटमा फिल्मका शीर्ष कलाकार आर्यन सिग्देल, अखिलेस प्रधान लगायत उपस्थित थिए ।

यो फिल्म सिक्किमका विभिन्न स्थानमा खिचिएको थियो । पारिवारिक कथा भनिएको यो फिल्ममा आर्यन सिग्देल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको छ ।

निर्माण टिमले नेपालीभाषी भएका अन्य शहरमा पनि फिल्म प्रदर्शन गर्ने जनाएको छ ।

फिल्मको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा एक गीतको छायांकन गरिएको थियो ।

फिल्ममा आर्यन, स्वस्तिमा र अखिलेसका अलावा सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता विशाल चाम्लिङ हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : १० बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट