चीनको वुहान बाहिर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ! « Khabarhub

चीनको वुहान बाहिर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको वुहानमा कोरोना भाइरसको संक्रमणपछि निर्माण गरिएका १५ वटै अस्थायी अस्पताल बन्द गरिएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएपछि अस्थायीरुपमा निर्माण गरिएका १५ अस्पताल बन्द गरिएको चाइना डेलीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण लगत्तै कोरोना भाइरसको नियन्त्रणका लागि बनाइएका अस्थायी अस्पताल बन्द गरिएको जनाइएको छ ।

वुहान बाहिर नयाँ बिरामी देखिएका छैनन् भने वुहकानमा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चिनियाँ राष्ट्रपति सीले मंगलबार वुहान क्षेत्रको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनले स्थानीय नागरिक, सुरक्षा, स्वास्थ्यकर्मी र बिरामीसँग भेटवार्ता गरेका थिए । वुहान पुगेका राष्ट्रपति सीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आम नागरिकलाई धन्यवाद दिए ।

चीनमा ८० हजार भन्दा धेरैमा संक्रमित भएकोमा अहिलेसम्म ६५ हजार जना उपचारपछि घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ३९ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि