कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी « Khabarhub

कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि पत्ता लागेको बताएका छन् ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् ।

उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा