संक्रमणबाट बच्न पुराणमा दिइएको ५ उपाय, प्रयोग गर्दा पुग्छ फाइदा « Khabarhub

संक्रमणबाट बच्न पुराणमा दिइएको ५ उपाय, प्रयोग गर्दा पुग्छ फाइदा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्व यतिवेला त्रसित छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् । ९५ हजार भन्दा धेरै मानिसले शुक्रबारसम्ममा ज्यान गुमाएका छन् भने १६ लाख भन्दा धेरै मानिसहरु यो रोगका कारण संक्रमित भएहका छन् ।

यो रोगको संक्रमण यति धेरै फैलिएको छ कि मानिसहरु अन्जानमा कोरोना रोगको संक्रमणमा फस्ने गरेका छन् ।

कोरोना भाइरसका कारण एकपटक हामीलाई आफ्नो प्राचीन सांस्कृतिक मान्यतातर्फ मोडिदिएको छ ।

घरमा प्रवेश गर्नुअघि हातमुख धुनु, हात मिलाउने र अंकमाल गर्नुभन्दा नमस्कार गर्नु, मुख र शिरलाई ढाकेर राखनु आदी हाम्रा पुराना संस्कारलाई हामीले छोड्दै गएका छौं तर आज त्यही चिज बढी उपयोगी देखिएको छ ।

आज हामी तपाईलाई शास्त्रका अनुसार बर्जित गरिएका केही विषय श्लोकसहित प्रस्तुत गर्दै छौं । यसको प्रयोग गर्न सकियो भने कोरोना र यस्तै खालका अन्य संक्रमण रोगहरुबाट बच्न सहयोग गर्छ ।

हातले पस्किएको खाना

लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च।

लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत्।

धर्मसिन्धुमा उल्लेख गरिएको यो श्लोकका अनुसार नुन, घ्यू, तेल, कुनै व्यञ्जन वा पेय पर्दा वा अन्य केही पनि खानेकुरा चम्चाको प्रयोग नगरि हातले दिइएको छ भने त्यसको सेवन नगर्नु । अर्थात हातमा रहेको संक्रमण खानाको माध्यमबाट फैलन सक्छ ।

यस्तो लुगा नलगाउनु

न अप्रक्षालितं पूर्वधृतं वसनं बिभृयात्।

विष्णुस्मृतिका अनुसार एक पटक लागाइएको कपडा पुन प्रयोग गर्न बर्जित गरिएको छ । यदी गर्ने हो भने त्यसलाई धोएर मात्र प्रयोग गर्न सकिने मन्त्रमा उल्लेख गरिएको छ । लगाइएको लुगामा बाहिरी वातावरणका किटाणु वा संक्रमण आएको हुनसक्ने र धोएर लगाए त्यसको जोमिख नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

यी कार्यमा सावधानी

घ्राणास्ये वाससाच्छाद्य मलमूत्रं त्यजेत् बुध:।
नियम्य प्रयतो वाचं संवीताङ्गोऽवगुण्ठित:।

वाधूलस्मृति तथा मनुस्मृतिमा बताइएको यो श्लोकका अनुसार हामीले सधै नाक, मुख र शिरलाई ढाकेर मौन रहेर मल मूत्र त्याग गर्नुपर्छ । यस्तो गर्नाले शरीरको माथिल्लो भागबाट संक्रमण हुने खतरा हुन्न ।

जरुर स्नान गर्नुस्

चिताधूमसेवने सर्वे वर्णा: स्नानम् आचरेयु:।

वमने श्मश्रुकर्मणि कृते च

विष्णुस्मृतिमा बताइए अनुसार यदी तपाई मसानघाटको बाटो आउनु भएको छ वा मलाम जानु भएको छ, तपाईलाई उल्टी भएको छ या दारी कपाल काटेर घर आउनु भएको छ भने सबैभन्दा पहिला नुहाउनु पर्छ । नभए तपाईलाई संक्रमणको खतरा हुन्छ ।

भिजेको कपडाको प्रयोग

अपमृज्यान्न च स्नातो गात्राण्यम्बरपाणिभि:।

मार्कण्डेय पुराणमा बताइए अनुसार नुहाइसकेपछि भिजेको रुमालले शरीरलाई पुच्न हुँदैन । यस्तो गर्नाले छालामा संक्रमण हुन सक्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका