कालो चिया पकाउन सिकें भनेपछि ट्रोल भइन् रीमा | Khabarhub Khabarhub

कालो चिया पकाउन सिकें भनेपछि ट्रोल भइन् रीमा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् ।

कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा अर्थ्याएका छन् ।

उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।

उनको यो भनाइपछि रीमालाई ट्रोल बनाएका थिए । एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै सोधेका पनि छन् – पानी तताउन पनि सिक्नुभयो कि ?

नेपालमा प्रायः नायिकाहरु मेहनत गरेर फिल्म क्षेत्रमा आएका हुन्छन् । नायिका रीमा विश्वकर्मा पनि भिजे हुँदै फिल्म क्षेत्रमा आएकी यी बर्दियाको गुलरियाकी यी चेलीले कालो चिया पकाउन पनि जानेकी थिइनँ भन्दा ट्रोल बनाइएको हो ।

रीमाले लाइभमा भनेकी थिइन् – ‘मेरो काम नै फरक खालको छ, अब बल्ल पकाउन सिक्दैछु ।’

रीमाले कालो चिया पनि पकाउन नजानेको बताएपछि उनलाई कतिले त चिया पकाउन पनि सिकाएका छन् ।

जे होस्, यो ट्रोलले रीमालाई चर्चामा भने ल्याइदिएको छ । फिल्ममा खासै सफल नभए पनि रीमा होस्टका रुपमा रियालिटी शो मा भने जमेकी छिन् ।

हालै उनी ‘कमेडी च्याम्पियन’ को होस्ट बनेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ५० बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार