कालो चिया पकाउन सिकें भनेपछि ट्रोल भइन् रीमा « Khabarhub

कालो चिया पकाउन सिकें भनेपछि ट्रोल भइन् रीमा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् ।

कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा अर्थ्याएका छन् ।

उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।

उनको यो भनाइपछि रीमालाई ट्रोल बनाएका थिए । एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै सोधेका पनि छन् – पानी तताउन पनि सिक्नुभयो कि ?

नेपालमा प्रायः नायिकाहरु मेहनत गरेर फिल्म क्षेत्रमा आएका हुन्छन् । नायिका रीमा विश्वकर्मा पनि भिजे हुँदै फिल्म क्षेत्रमा आएकी यी बर्दियाको गुलरियाकी यी चेलीले कालो चिया पकाउन पनि जानेकी थिइनँ भन्दा ट्रोल बनाइएको हो ।

रीमाले लाइभमा भनेकी थिइन् – ‘मेरो काम नै फरक खालको छ, अब बल्ल पकाउन सिक्दैछु ।’

रीमाले कालो चिया पनि पकाउन नजानेको बताएपछि उनलाई कतिले त चिया पकाउन पनि सिकाएका छन् ।

जे होस्, यो ट्रोलले रीमालाई चर्चामा भने ल्याइदिएको छ । फिल्ममा खासै सफल नभए पनि रीमा होस्टका रुपमा रियालिटी शो मा भने जमेकी छिन् ।

हालै उनी ‘कमेडी च्याम्पियन’ को होस्ट बनेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ५० बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार