बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार | Khabarhub Khabarhub

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् ।

कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।

घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ ।

लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए ।

पौडेलले बुहारीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएको छिमेकी बताउँछन् ।

“लीलाका श्रीमान्(छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन् । हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भने ।

घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ”, उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ५ : २८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई