लकडाउनको पूर्ण पालना गर्न मुख्यमन्त्री राईको आग्रह « Khabarhub

लकडाउनको पूर्ण पालना गर्न मुख्यमन्त्री राईको आग्रह


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताएका छन् ।

मुख्यमन्त्री राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको जानकारी दिए । सो प्रयोगशालाको शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री राईले भने, “¥यापिड डाइग्नोष्टिक टेष्टको शुरुआत गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाको परीक्षण आजबाटै शुरु भएको छ ।”

केही दिनभित्रै झण्डै छ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । शुक्रबारसम्म १८० को ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ भने १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्री सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताए ।

प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा ६०८ बसेका छन् भने होम क्वारेन्टाइनमा तीन हजार २९५ बसेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।  प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा रु १२ करोड ८७ लाख ६६ हजार जम्मा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।

प्रदेश सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु ५० लाख प्रदान गर्ने निर्णय पनि भएको छ ।

प्रदेश नं १ मा सरकारले लकडाउनलाई कडाइसाथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । आज बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको छ ।

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शङ्कर अधिकारीको संयोजकत्वमा सात सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पङ्कज खतिवडा, डा शैलेशमणि पोखरेल, डा सूर्य पराजुली लगायत छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : ०९ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत