एजेन्सी- भारतको चेन्नईमा कोरोनाविरुद्धको औषधी परीक्षण गरेका एक चिकित्सकको मृत्यु भएको छ ।
उनले आफैले बनाएको औषधी आफैमा परीक्षण गर्दा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय मिडिया आजतकका अनुसार पेरुंगुडीमा बस्ने शिवनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए ।
कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले ।
राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएको बताइएको छ ।
औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो ।
शिवनेसनको उपचारका क्रममा मृत्यो भएको हो । अर्का बिरामी राजकुमारको स्थिति भने स्थिर रहेको जनाइएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया