रुसमा कोरोना भाइरसले एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा एक सातादेखि दैनिक १० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार पनि १० हजार ८१७ जना संक्रमित भएपछि रूसमा एक हप्तामा कोरोना भाइरसले संक्रमित हुनेको संख्या ७५ हजार पुगेको छ ।

रुसमा शुक्रबार १० हजार ६९९ जना र बिहिबार ११ हजार २३१ जना संक्रमित भएका थिए । त्यसअघि पनि दैनिक १० हजारभन्दा बढी संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ९८ हजार ६७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०४ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ८२७ पुगेको छ ।

संक्रमितमध्ये ३१ हजार ९१६ जना निको भएर घर फर्किएका छन् भने १ लाख ६४ हजार ९३३ जनाको उपचार जारी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ४१ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा