आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ « Khabarhub

आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ घर भएका २३ वर्षीय सन्तराम चौधरी छन् ।

प्रहरीका अनुसार उनले कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर घर भएकी १९ वर्षीया लक्ष्मी देउवाको फेसबूक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाएका थिए ।

चौधरीले फेसबूकबाट अश्लिल भिडियो पठाएपछि लक्ष्मी आत्महत्या गर्न बाध्य भएकी थिइन् । लक्ष्मीको शव कैलालीको धनगढी उपमहानरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले लक्ष्मीले आत्महत्या गरेको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ । जसमा लक्ष्मी देउवाको नाममा फेसबूक बनाइ उनको अनुहार जोडिएका अश्लिल फोटो तथा भिडियोहरु फेला परेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २० बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित