आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ | Khabarhub Khabarhub

आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ घर भएका २३ वर्षीय सन्तराम चौधरी छन् ।

प्रहरीका अनुसार उनले कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर घर भएकी १९ वर्षीया लक्ष्मी देउवाको फेसबूक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाएका थिए ।

चौधरीले फेसबूकबाट अश्लिल भिडियो पठाएपछि लक्ष्मी आत्महत्या गर्न बाध्य भएकी थिइन् । लक्ष्मीको शव कैलालीको धनगढी उपमहानरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले लक्ष्मीले आत्महत्या गरेको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ । जसमा लक्ष्मी देउवाको नाममा फेसबूक बनाइ उनको अनुहार जोडिएका अश्लिल फोटो तथा भिडियोहरु फेला परेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २० बजे

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि

झापामा तीन जनाको शव फेला

झापा– झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको

रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात

रसुवा– दश वर्षमा रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात

भन्सार छलेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका

सुदूरपश्चिममा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने अवस्थामा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने