यो कुरामा सनी लियोनीभन्दा अगाडि रहिन् प्रियंका « Khabarhub

यो कुरामा सनी लियोनीभन्दा अगाडि रहिन् प्रियंका


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण कुनै पनि फिल्म रिलिज भएका छैनन् । न त कुनै फिल्मका शूटिङ भइरहेका छन् । दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार सर्च गर्ने गर्छन् ।

हालै एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची छ ।

रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् । पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो ।

प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् । उनलाई ३१ लाखपटक खोजी गरिएको रिपोर्टमा उल्लेख छ । सनीले आफ्नो लूकका कारण धेरैलाई मोहित तुल्याउने गर्छिन् ।

धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् । उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ । त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।

पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ ।

यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ र महेश बाबुलाई पनि इन्टरनेटमा सर्वाधिक खोजिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ४२ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले