चिनियाँ सञ्चारमाध्यमले हटायो सगरमाथा चीनमा पर्छ भन्ने सन्देश « Khabarhub

चिनियाँ सञ्चारमाध्यमले हटायो सगरमाथा चीनमा पर्छ भन्ने सन्देश


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै चीनको सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको पोस्ट सामाजिक सञ्जालबाट हटाएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो ट्वीटर ह्यान्डलबा६ २ मेमा ट्वीटरमा एउटा सन्देश सार्वजनिक गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा (कोमोलोङ्मा) हिमाल चीनमा पर्ने उल्लेख गरेको थियो ।

सगरमाथा क्षेत्रमा असाधार सूर्यको प्रकाशको घेरा देखिएको भन्दै ४ वटा तस्वीर पोस्ट गरेको सीजीटीएनले ट्वीटर सन्देशमा लेखेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’
तर, आइतबार बिहान सीजीटीएनले उक्त ट्वीटर सन्देश हटाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सगरमाथा आफ्नो देशमा पर्ने भन्दै सन्देश जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।

नेपालमा विरोध भएपछि सीजीटीएनले उक्त सन्देश हटाएको हो । तर, उक्त सन्देश हटाइएको विषयप्रति भने सीजीटीएनले कुनै कारण भने उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : १८ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित