चिनियाँ सञ्चारमाध्यमले हटायो सगरमाथा चीनमा पर्छ भन्ने सन्देश « Khabarhub

चिनियाँ सञ्चारमाध्यमले हटायो सगरमाथा चीनमा पर्छ भन्ने सन्देश


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै चीनको सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको पोस्ट सामाजिक सञ्जालबाट हटाएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो ट्वीटर ह्यान्डलबा६ २ मेमा ट्वीटरमा एउटा सन्देश सार्वजनिक गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा (कोमोलोङ्मा) हिमाल चीनमा पर्ने उल्लेख गरेको थियो ।

सगरमाथा क्षेत्रमा असाधार सूर्यको प्रकाशको घेरा देखिएको भन्दै ४ वटा तस्वीर पोस्ट गरेको सीजीटीएनले ट्वीटर सन्देशमा लेखेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’
तर, आइतबार बिहान सीजीटीएनले उक्त ट्वीटर सन्देश हटाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सगरमाथा आफ्नो देशमा पर्ने भन्दै सन्देश जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।

नेपालमा विरोध भएपछि सीजीटीएनले उक्त सन्देश हटाएको हो । तर, उक्त सन्देश हटाइएको विषयप्रति भने सीजीटीएनले कुनै कारण भने उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : १८ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ