माइतीघरमा विरोध प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी पक्राउ « Khabarhub

माइतीघरमा विरोध प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपाली भूमि (लिपुलेक)मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई पक्राउ गरेको हो । माइतीघरबाट पक्राउ परेका उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत छन् ।

यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन जारी गरेको अवस्थामा पनि भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोध काठमाडौं प्रदर्शनकारीहरु सडकमा निस्किरहेका छन् ।

तर, प्रहरीले भने उनीहरुलाई प्रदर्शन अगाडि नै नियन्त्रणमा लिइरहेको छ ।

भारतले कैलाश मानसरोवर यात्राका लागि भन्दै नेपाली भूमि लिपुलेक समेत मिचेर लिंक रोड बनाएको छ । उक्त लिंक रोडको शुक्रबार उद्घाटन गरिएपछि नेपालमा विरोध भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ०६ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता