एकमहिनादेखि अलपत्र विदेशी नागरिकको उद्धार « Khabarhub

एकमहिनादेखि अलपत्र विदेशी नागरिकको उद्धार


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका विदेशीको उद्धार गरिएको छ ।

गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो ।

युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।

मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए । उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो ।

सुहोनियाकिनलाई आज पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ । उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आज नै काठमाडौं पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै