जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज « Khabarhub

जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिकाका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीहरूलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामी लगायतले फूलमाला लगाएर विदाई गरेका थिए।

घर फर्किएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका डा.धिरज गुरुङले बताए।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : २२ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा