मुलुकका विभिन्न स्थानमा वर्षा, मनसुन सुरू हुन केहि दिन लाग्ने « Khabarhub

मुलुकका विभिन्न स्थानमा वर्षा, मनसुन सुरू हुन केहि दिन लाग्ने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ ।

नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश ५, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा  र प्रदेश २ का पश्चिम तिरका भू-भागहरुमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैनिकजसो वर्षा भए पनि नेपालमा अहिल्यै मनसुन भने भित्रिएको छैन । सामान्यतया नेपालको पूर्वी भू-भागमा आजकै दिन अर्थात् जुन-१० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने महाशाखाले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : १८ बजे

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम