महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन नेपालमै बनाउँदै « Khabarhub

महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन नेपालमै बनाउँदै


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन समेत बनाउने भएको छ ।

आविष्कार केन्द्रले स्वाब संकलन गर्ने मेसिन बनाउन आवश्यक पर्ने सामग्री जापानबाट आयात गरी नेपालमै बनाउन लागेको हो ।

आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापानबाट नेपाल आइसकेको र केही दिनमै तयार हुने ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको हो ।

‘राष्ट्रिय आविष्कार केन्द्रमा जापानबाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउन रु. १४ लाख पर्ने 3D प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्समार्फत केही दिनअघि काठमाडौं आइपुग्यो । यसको लागि एनआरएनए जापान, एमआरआर जापान र अन्य नेपालीहरु ले रु. २१ लाख आर्थिक सहयोग गरेका थिए ।,’ उनले ट्वीटरमा लेखेका छन् ।

उनले  कोरोना रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री समेत सहयोग भएको जानकारी दिएका छन् ।

यसअघि उनले कोरोना रोकथामका लागि माक्स, पीपीई  उत्पादन गरी स्वास्थ्यकर्मी लगायतलाई उपलब्ध गराएका थिए ।

 

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : १७ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले