कुवेतबाट ३०० जना नेपाली स्वदेश फर्कदै | Khabarhub Khabarhub

कुवेतबाट ३०० जना नेपाली स्वदेश फर्कदै


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् ।

दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् ।

यस्तै, दोस्रो जहाजमा प्रदेश १ का ५७, प्रदेश २ का एक जना, वाग्मती प्रदेशको २६, गण्डकीमा ९ जना, प्रदेश ५ का ४५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशका दुई जना रहने छन् ।

गैरकानुनी हैसियतमा बसेका कामदारहरूलाई कुवेतमा क्याम्प राखिएको छ । त्यस्तालाई ल्याउन लागिएको हो । उनीहरूलाई कुवेत सरकारले नै जहाज चाटर्ड गरेर पठाउन लागेको बताइएको छ ।

अवैधानिकरूपमा बसेका २९ सय जना नेपालीलाई आममाफि दिएको कुवेत सरकारले उनीहरू सबैलाई क्रमिकरूपमा पठाउन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार एक सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ३३ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्