लकडाउनमा पनि विकास निर्माण जारी « Khabarhub

लकडाउनमा पनि विकास निर्माण जारी


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनकै समयमा पनि मनाङमा विकास निर्माणका काम धमाधम भइरहेको छ ।

लकडाउनमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ । लकडाउनमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणका काम भइरहेको छ ।

मनाङ प्रवेश नाका नासों गाउँपालिका–१ ताल हुँदै वडा नं २ नाँचेगाउँसम्म पदमार्ग निर्माणको काम चलिरहेको वडा नं १ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । वडा नं १ बाट शुरु भएको विकास निर्माणका काम अन्य वडासम्म पुग्ने अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार पार्क निर्माण, ताम्राङ पुलदेखि वडा नं ६ र ७ सम्म जोड्दै पदमार्ग भीमताङसम्म चार हजार मिटर उचाइमा रहेको ड्रोनाताल जोड्ने पदमार्गमा रेलिङ निर्माणको काम भइरहेको वडा नं २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए। अन्य वडामा पनि कामले तीव्रता पाइरहेको छ ।

गाउँपालिकाका सबै वडामा आवश्यक योजना निर्माण र उपभोक्ता समितिको मातहतमा काम भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । उनका अनुसार मनाङ पर्यटकीयस्थल भएकाले पनि लकडाउनको समयमा पदमार्ग निर्माण गर्न सहज भएको छ ।

मनाङमा विभिन्न विकास निर्माणका काम लकडाउनको समयमा तयार गर्न नसके पर्यटक भित्रिने समयमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको अध्यक्ष घलेको भनाइ छ । विकास निर्माणकै समयमा पदमार्गलगायत काम बनाउँदा भविष्यलाई समेत टेवा पुग्ने भएपछि धमाधम निर्माणको काम गरिएको घलेको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल