लकडाउनमा पनि विकास निर्माण जारी | Khabarhub Khabarhub

लकडाउनमा पनि विकास निर्माण जारी


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनकै समयमा पनि मनाङमा विकास निर्माणका काम धमाधम भइरहेको छ ।

लकडाउनमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ । लकडाउनमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणका काम भइरहेको छ ।

मनाङ प्रवेश नाका नासों गाउँपालिका–१ ताल हुँदै वडा नं २ नाँचेगाउँसम्म पदमार्ग निर्माणको काम चलिरहेको वडा नं १ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । वडा नं १ बाट शुरु भएको विकास निर्माणका काम अन्य वडासम्म पुग्ने अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार पार्क निर्माण, ताम्राङ पुलदेखि वडा नं ६ र ७ सम्म जोड्दै पदमार्ग भीमताङसम्म चार हजार मिटर उचाइमा रहेको ड्रोनाताल जोड्ने पदमार्गमा रेलिङ निर्माणको काम भइरहेको वडा नं २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए। अन्य वडामा पनि कामले तीव्रता पाइरहेको छ ।

गाउँपालिकाका सबै वडामा आवश्यक योजना निर्माण र उपभोक्ता समितिको मातहतमा काम भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । उनका अनुसार मनाङ पर्यटकीयस्थल भएकाले पनि लकडाउनको समयमा पदमार्ग निर्माण गर्न सहज भएको छ ।

मनाङमा विभिन्न विकास निर्माणका काम लकडाउनको समयमा तयार गर्न नसके पर्यटक भित्रिने समयमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको अध्यक्ष घलेको भनाइ छ । विकास निर्माणकै समयमा पदमार्गलगायत काम बनाउँदा भविष्यलाई समेत टेवा पुग्ने भएपछि धमाधम निर्माणको काम गरिएको घलेको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : ४६ बजे

भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो

कुटानी–पिसानी मिलबाट मासिक एक लाख बढी आम्दानी

कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

रुपन्देही- पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित

शिक्षकको आन्दोलनले ७० लाख विद्यार्थीको भविष्य अन्योल भयो : शिशिर खनाल

काठमाडौं – देशभरका शिक्षकले २८ औँ दिनदेखि काठमाडौंको सडक आन्दोलन

प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद

कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको