सशस्त्रले समात्यो लागु औषध बोकेर हिँडेका २१ वर्षे युवक « Khabarhub

सशस्त्रले समात्यो लागु औषध बोकेर हिँडेका २१ वर्षे युवक


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा सशस्त्र प्रहरी बल लागु औषध नियन्त्रणमा सक्रिय देखिएको छ । गएराति बारा बिश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरिक्षक हरिप्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले भारतबाट जबरजस्ती नेपाल तर्फ प्रबेश गरेका व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

बारा कलैया उप महानगरपालिका पाँच बस्ने २१ वर्षीय जीवनकुमार शर्राफलाई ना ५ प ३६९८ को हिरो हण्डा मोटर साईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN- ४ वटा (ईन्जेक्सन), DIAZWLAB- ४ वटा (ईन्जेक्सन), FINARAGN- ४ वटा (ईन्जेक्सन), ONEREX- ३ बोतल (१०० ML को बोतलमा), ६०० ML को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतल सहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।

लकडाउनको समयमा लागु औषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको विशेष सुराकीका आधारमा लागुऔषधसहित नियन्त्रणमा लिन सकिएको सुवेदीले बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिसँग भारतीय नागरिक अक्षयकुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली व्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

थपआवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, लागुऔषध र मोटर साइकल नेपाल प्रहरिलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । गतसाता पनि सोही गाउँपालिका अन्तर्गतबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागुऔषधसहित व्यक्ति नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ३५ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज