सशस्त्रले समात्यो लागु औषध बोकेर हिँडेका २१ वर्षे युवक « Khabarhub

सशस्त्रले समात्यो लागु औषध बोकेर हिँडेका २१ वर्षे युवक


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा सशस्त्र प्रहरी बल लागु औषध नियन्त्रणमा सक्रिय देखिएको छ । गएराति बारा बिश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरिक्षक हरिप्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले भारतबाट जबरजस्ती नेपाल तर्फ प्रबेश गरेका व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

बारा कलैया उप महानगरपालिका पाँच बस्ने २१ वर्षीय जीवनकुमार शर्राफलाई ना ५ प ३६९८ को हिरो हण्डा मोटर साईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN- ४ वटा (ईन्जेक्सन), DIAZWLAB- ४ वटा (ईन्जेक्सन), FINARAGN- ४ वटा (ईन्जेक्सन), ONEREX- ३ बोतल (१०० ML को बोतलमा), ६०० ML को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतल सहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।

लकडाउनको समयमा लागु औषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको विशेष सुराकीका आधारमा लागुऔषधसहित नियन्त्रणमा लिन सकिएको सुवेदीले बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिसँग भारतीय नागरिक अक्षयकुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली व्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

थपआवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, लागुऔषध र मोटर साइकल नेपाल प्रहरिलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । गतसाता पनि सोही गाउँपालिका अन्तर्गतबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागुऔषधसहित व्यक्ति नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ३५ बजे

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी