काठमाडौं – जर्मनीले विद्युतीय गाडीको प्रयोग प्रबर्द्धन गर्ने उद्देश्यले सबै पेट्रोल स्टेशनहरूमा इलेक्ट्रिक कार चार्जिंङ पोर्टहरू उपलब्ध गराउने भएको छ ।
यो योजना १३० अर्ब यूरोको आर्थिक पुनरुत्थान योजना अन्तरगत उक्त व्यवस्था गर्न लागिएको हो ।
यस अतिरिक्त जर्मन सरकारले कम्तीमा ७० हजार चार्जिङ स्टेशन र ७ हजार फास्ट चार्जिङ स्टेशनहरु बनाउने योजना अघि सारेको छ ।
जर्मन सरकारको यो कदमले देशभर इलेक्ट्रिक कारहरुको माग र प्रयोगमा वढवा दिन मद्दत मिल्ने अपेक्षा गरिएको छ ।
यसले ईन्धन उत्सर्जन गरेर वायु प्रदुषण गर्ने गाडी धनीहरुलाई थप कर लगाउन सकिने बताईएको छ । यसकासाथै इलेक्ट्रिक कार धनीहरुलाई सो कारको लागतमा ६ हजार यूरो अनुदान समेत दिईनेछ ।
यसका साथै सरकारले ब्याट्री सेल उत्पादन र चार्जिङ्ग पूर्वाधारका लागि २.८ अर्ब यूरो लगानी गर्ने भएको छ ।
गत वर्षको आधारमा हेर्दा जर्मनीमा नयाँ इलेक्ट्रिक कारहरुको दर्ता केबल १८ प्रतिशत मात्र रहे पनि सरकारले यस्तो योजना ल्याएको हो ।