कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा संक्रमित संख्या ७०८ पुग्यो


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेज मार्फत थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका संक्रमितहरु बर्दिया, रोल्पा र बाँकेका हुन् ।

भेरी अस्पतालमा ६२३ जनाको स्वाब परीक्षणका लागि प्रयोगशालामा बाँकी रहेको पनि अस्पतालले जानकारी दिएको छ ।

योसँगै कर्णाली प्रदेशमा संक्रमित संख्खया ७०८ पुगेको छ ।

No photo description available.

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ३ : १५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको