विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित « Khabarhub

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।

तीनदिनसम्म संसदमा चलेको छलफलपछि आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएसँगै प्रतिपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव अस्विकृत भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट संसदमा पेश गरेको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि मन्त्रालयगत छलफल समेत सम्पन्न भएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल सकिएपछि आर्थिक विधेयक समेत संसदमा पेश भएको छ ।

जेठ ३२ गतेदेखि आर्थिक विधेयकमाथि छलफल गर्ने समय समेत निर्धारण भएको छ । आजै संसदमा राष्ट्र ऋण उठाउने विधेयक समेत संसदमा पेश भएको छ । जुन विधेयकमाथि आज सैद्धान्तिक छलफल शुरु भएको छ । छलफलमा भाग लिदै सांसदहरुले ऋण उठाएर अर्थतन्त्र चलाउन नहुने बताएका छन् ।

नेपालको अहिले साढे ११ खर्बभन्दा बढि ऋण रहेको छ भने वार्षिक रुपमा ७५ करोडभन्दा बढि साँवा व्याज भुक्तानी गर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि समेत सरकारले साढे ५ खर्बभन्दा बढि रकम ऋणमार्फत परिचालन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ३ : ३९ बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि